काठमाडौँलाई व्यवस्थित बनाउँछु : सिर्जना सिंह

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १५ : ४७
काठमाडौँलाई व्यवस्थित बनाउँछु : सिर्जना सिंह

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडाँैलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।

गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन्।उनले काठमडौँमा महिला उम्मेदवार उठ्नु महिला आन्दोलनको लागि गौरवपूर्ण विजय भएको उल्लेख गर्दै संविधानको भावनाअनुसार काम गर्ने उल्लेख गरिन्।

काठमाडौं महानगरलाई विकास र सम्बृद्धिले महाघर बनाउने उनको प्रतिबद्धता थियो। सम्बोधनका क्रममा उनले भनिन्, ‘महानगरलाई भ्रष्टारमुक्त र शुशासनयुक्त बनाउन चाहन्छु। धुलो, धुँवा फोहोर मैला व्यवस्थापन र ट्राफिक जाम व्यवस्थापनका साथै असुरक्षित र अन्धकार रहेको काठमाडौं शहरलाई व्यवस्थित बनाउँछु।’

सिंहले युवा, बालबालिका र वृद्धवृद्धा लक्षित विकास निर्माण गर्ने बताइन्। उनले महानगरपालिकाका प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउँने, शिक्षा र स्वाथ्यको गुणस्तरमा खटिने, मौलिक सम्पदाको संरक्षण गर्ने, उपत्यकामा २४ सै घन्टा बजारको व्यवस्था गर्ने, ढल खानेपाीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस