कैलाली । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो ।
शुक्रबार दुई समूहबीच बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।कांग्रेसका कार्यकर्ताको कुटाइबाट एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए । पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन अवाइ फायर गरेको हो ।प्रहरीतर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप