कैलाली । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो ।
शुक्रबार दुई समूहबीच बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।कांग्रेसका कार्यकर्ताको कुटाइबाट एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए । पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन अवाइ फायर गरेको हो ।प्रहरीतर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?