मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १३ : २१
मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन्।

‘हामीले झण्डै ५ सय नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ’,एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन्।उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस