काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएकाे छ । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हाे ।
पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता स्वतः पाँच वर्षका लागि खारेज हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।
विभिन्न पालिकामा कांग्रेसका दर्जनौं बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?