जापान र बेलायतबीच भयाे सैन्य सम्झाैता

एजेन्सी

शुक्रबार, २३ बैशाख २०७९, ११ : ३४
जापान र बेलायतबीच भयाे सैन्य सम्झाैता

काठमाडौँ । जापान र बेलायतबीच सैन्य सम्झौता भएको छ। सम्झौताको वर्णन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले ‘तानाशाही र दबाब बनाउने शक्तिहरू’ विरुद्ध अन्य देशहरूसँग काम गर्ने वाचा गरेको बताए।

बेलायतका प्रधानमन्त्रीले आफ्ना जापानी समकक्षी फुमियो किशिदासँग भेट गरेपछि यस्तो बताएका हुन्।सो भेटमा दुवै नेताले संयुक्त सैन्य अभ्यासको घोषणा पनि गरेका थिए। उनले विपद् उद्दारका लागि दुवै देश मिलेर काम गर्ने पनि सहमति जनाएका छन्।

रुसले युक्रेनमा गरेको आक्रमणको जापान र बेलायतले निन्दा गर्दै आएका छन् र सैन्य सम्झौतालाई सोही विचारधाराको नयाँ साझेदारीका रूपमा हेरिएको छ।यो सम्झौता बेलायत सरकारको रक्षा र विदेश नीति समीक्षासँग पनि मिल्दोजुल्दो छ। जसअन्तर्गत इन्डो-प्यासिफिक क्षेत्रतर्फ झुकाव घोषणा गरिएको थियो।

बोरिस जोन्सनले युरोपको सुरक्षा, हाम्रो सामूहिक सुरक्षा, एसिया-प्रशान्त क्षेत्रको सुरक्षाभन्दा फरक नभएको कुरामा जोड दिए।जापान जी-७ समूहको सदस्य हो र सुरुदेखि नै रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै आएको छ।

उसले आक्रमणको निन्दा र रुसमाथि प्रतिबन्धसमेत लगाएको छ।यससँगै उसले किएभमा पनि सहयोग उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस