काठमाडौं । बिहीबार पनि नेप्सेमा ३७ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेर २२ सय ७५ अंकमा झरेको नेप्से सूचक बिहीबार थप ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ३७ अंक माथिले घटेको बजारमा आज एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
यसदिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६५ प्रतिशतले, निर्जीवन बीमा समूहको २.५८ प्रतिशतले, ट्रेडिङ समूह २.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक २.२६ प्रतिशतले र होटल तथा पर्यटन समूह २.०१ प्रतिशतले घटेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह १.५८ प्रतिशतले घटेको बजारमा आज अन्य समूह १.१८ प्रतिशतले, म्यानु एण्ड प्रो १.०५ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । जाल्पा लघुवित्तको सेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर मूल्यमा ७.१३ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार