काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’
कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्काे चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए ।दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा
शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : गगन थापा
मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा
म भाग्ने मान्छे होइन, फेरि सभापति बन्नुछ: गगन थापा
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी