काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’
कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्काे चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए ।दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी
अमरेशकुमारसँग साढे छ हजार मतले पछाडि गगन थापा