रुस–युक्रेन युद्धका ७० दिन, युक्रेनको क्षति कति ?

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १२ : ४९
रुस–युक्रेन युद्धका ७० दिन, युक्रेनको क्षति कति ?

रुस र युक्रेन युद्ध हुन थालेको ७० दिन पुगेको छ। ७० दिनसम्मको युद्धमा युक्रेनले विगत ४ वर्षमा कमाएको सबै गुमाएको रिर्पोट सार्वजनिक भएका छन्। 

हालसम्म युक्रेनले पाँच सय ६४ देखि छ सय अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोर्नु परेको युक्रेनी अर्थमन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ। कीव स्कुल अफ इकोनोमीले रिपोर्ट तयार गर्दै हालसम्म वार्षिक जिडिपीको तुलनामा ४ गुणा बढी युक्रेनले गुमाएको जनाएको हो। 

युक्रेनमा ७० दिनको अन्तरालमा ३३ हजार वर्ग किलोमिटरमा फैलिएको आवासीय क्षेत्र पूर्णरुपले नष्ट भइसकेको छ भने २३ हजार किलोमिटर सडक पनि पूर्ण ध्वस्त भएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन्। आवासीय क्षेत्र र सडकको गरी करिब ५९ हजार ४ सय २६ लाख अमेरिकी डलर हुन आउँछ। 

रिपोर्टमा पछिल्लो सातामात्र ४.५ अरब डलरको क्षति भएको जनाइएको छ, भने ७० दिनमा ९० हजार कार बर्बाद भएको उल्लेख गरिएको छ। यि कारहरुको मूल्य करिव १.३ अर्ब अमेरिकी डलर हुन आउँछ। 

प्रतिक्रिया दिनुहोस