चितवन । भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन् ।
कांग्रेसको निर्णयविपरीत बागी उम्मेदवार बनेका उनलाई फकाउने प्रयास जारी छ। सत्ता गठबन्धनका दलबीच तालमेलको सहमतिअनुसार भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई प्रमुख पदको उम्मेदवार बनाइएको छ। तर जगन्नाथ पौडेले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गरेको अनुरोधसमेत नमानी बागी उम्मेदवार बनेका हुन्।
आज भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै छ। त्यस सभालाई सम्बोधन गर्न सभापति देउवासँगै वरिष्ठ नेता पौडेल पनि त्यहाँ पुगेका हुन्। त्यस क्रममा बागी जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता गराउने प्रयास पौडेलले गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल