काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो ।
अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ। त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीम प्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।
उनले फोन गर्नेको परिचान गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए । बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने