काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो ।
अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ। त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीम प्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।
उनले फोन गर्नेको परिचान गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए । बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ