एजेन्सी । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए ।
पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ । रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ ।
तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए ।
युक्रेनले रुसलाई मूर्ख बनायोः बाइडेन
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाले अमेरिकी सैन्य सहायताको सहयोगमा ‘रुसी सेनालाई मूर्ख बनाएको’ बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिभर जेलेन्स्कीले पूर्वी बन्दरगाह सहर मारिओपोलको एउटा कारखानाबाट मुक्त भएका १५६ सर्वसाधारण नागरिक युक्रेन नियन्त्रित सहर जापोरिझिया पुगेको बताएका छन् ।
कारखानमाा फसेका अन्य व्यक्तिहरूको उद्दारका लागि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ बैशाख २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने