काठमाडौं महानगरपालिकाको मेयर पदमा ५५ जनाको उम्मेदवारी, उपमेयरमा ३० जनाबीच भिडन्त

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, ०७ : ५३
काठमाडौं महानगरपालिकाको मेयर पदमा ५५ जनाको उम्मेदवारी, उपमेयरमा ३० जनाबीच भिडन्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा ५५ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् । यस्तै ३० जनाले उपमेयर पदमा उम्मेदवारी दिएको आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उल्लेख गरिएको छ । 

चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो । यद्यपि सम्बन्धित निर्वाचन कार्यालयबाट भने नामावली प्रकाशित भइसकेको थियो । विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एकीकृत रुपमा नामावली सार्वजनिक गर्न ढिलाइ भएको आयोगको भनाइ छ । 

आयोगका अनुसार नेकपा एमालेबाट केशव स्थापितको काठमाडौं महानगरमा उम्मेदवारी छ । यस्तै नेपाली काँग्रेसबाट सिर्जना श्रेष्ठ, विवेकशीलबाट समीक्षा बास्कोटा, राप्रपाबाट मदनदास श्रेष्ठको उम्मेदवारी परेको छ । काठमाडौंमा गठबन्धन भएकाले माओवादी र एकीकृत समाजवादी पार्टीको मेयर पदमा उम्मेदवारी छैन । यस्तै उपप्रमुखमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको उम्मेदवारी रहेको छ।  यस्तै एमालेबाट सुनिता डंगोलको उम्मेदवारी छ । 

काठमाडौंमा मेयर र उपमेयर उम्मेदवारको पूर्ण विवरण हेर्नुहोस्ः

काठमाडौं महानगरपालिकामा सबै पदमा कुल ८२६ उम्मेदवार (नामावलीसहित)
काठमाडौं महानगरपालिकामा सबै पदमा गरी कुल ८२६ जना उम्मेदवार कायम भएका छन् । निर्वचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार प्रमुख पदमा ५५ जना र उपप्रमुख पदमा ३० जनाको उम्मेदवारी गरेको छ । 

यस्तै वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यमा गरी कुल ८२६ जनाको उम्मदवारी परेको हो ।  देशको संघीय राजधानीको महानगर भएकाले काठमाडौंको चुनावी भिडन्तलाई महत्वका साथ हेरिन्छ । काठमाडौं महानगरपालिकाभित्र ३२ वडा रहेका छन् भने प्रत्येक वडाबाट एक वडा अध्यक्ष, दुई सदस्य, एक महिला सदस्य र एक दलित सदस्य निर्वाचित हुन्छन् । 

प्रतिक्रिया दिनुहोस