काठमाडौं । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरेको हो ।
दुबै स्वतन्त्र उम्मेदवारलाई कांग्रेसको विधान २०१७ (संसोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको नेपाली कांग्रेस खोटाङका अनुशासन समितिका संयोजक एबं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् ।
कांग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पुर्वगाबिस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् ।
यसअघि १७ वैशाखमा कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तबीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ कांग्रेसका पालिका सभापति हुन् ।
ऐसेलुखर्कमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । कांग्रेसबाट उपाध्यक्षमा राजेश राजभण्डारी उम्मेदवार छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिमामा कांग्रेसका बिश्वनाथ निरौला बिजयी भएका थिए । यसअघि जितेका दललाई सम्वन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमती विपरित जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको बिरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै