निर्माण व्यवसायीको माग सम्बोधन गर्छौ : मन्त्री झाँक्री

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, ११ : ४९
निर्माण व्यवसायीको माग सम्बोधन गर्छौ : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् ।

अहिले निर्माण व्यवसायीहरु मूल्यवृद्धिको सम्बोधन गर्न ठेक्काकहरुमा मुल्य समायोजन हुनुपर्ने भन्दै ‘कन्स्ट्रक्सन होलिडे’मा छन् । यसले विकास निर्माणको काम लगभग ठप्प अवस्था पुगेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने आश्वासन दिइन् । उनले भनिन्,’निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौं । निर्माणका काम रोकेर नबसौं ।’

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताइन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस