उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १६ : २४
उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशकमा नियुक्त गरिएको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीलाई स्वागत गरे । उनले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशी २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहFदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस