साढे ९ करोड राजस्व छल्नेलाई १९ करोड बिगो दाबी

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १५ : ३३
साढे ९ करोड राजस्व छल्नेलाई १९ करोड बिगो दाबी

काठमाडौं । साढे ९ करोड राजस्व छलीको आरोपमा भक्तपुरस्थित एभरेष्ट यति इन्टरनेशनल प्रालिका सञ्चालक र शेयरधनीविरुद्ध मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले कम्पनीका सञ्चालक सूर्यविनायक नगरपालिका-१० का दिपककुमार देउजा र शेयरधनी अचला थापा देउजाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ। कम्पनीले मूल्य अभिवृद्धिकरतर्फ ३ करोड ४० लाख १८ हजार र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६० रूपैयाँ गरी जम्मा ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रूपैयाँ राजस्व चुहावट गरेको खुलेको हो।

विभागले थापा र देउजाविरुद्ध छली गरेको रकमसहित सजाय बिगो कायम गरी १९ करोड ३४ लाख ६५ हजार १ सय २० रूपैयाँ मागदाबी लिएको छ। 

 

प्रतिक्रिया दिनुहोस