काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।
सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।
सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे