भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

एजेन्सी

सोमबार, १९ बैशाख २०७९, १५ : ०३
भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

एजेन्सी  । भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ । 

भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ ।  लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । 

अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ । उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस  औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस