काठमाडौं ।युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार गरिएको बीबीसीले जनाएको छ ।रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।
उनले अगाडि भनेका छन्, ‘हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।’राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको थियो । सो कार्यमा रेडक्रसको पनि संलग्न रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ बैशाख २०७९, १३ : ५२
लेखकबाट थप