भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित

एजेन्सी

आइतबार, १८ बैशाख २०७९, १४ : २०
भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित

भारतमा २४ घण्टाको समयावधि अर्थात् शनिबार मध्यरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो। २४ घण्टाको समयावधिमा भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका छन्। हाल राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ। भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायता सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तादेखि सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

२४ घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातिसम्म दुई हजार ८७६ जना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस