काठमाडौं । जिम्बाब्वे ‘ए' विरुद्धको तीन टी-२० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज मैदान उत्रदा नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।
अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग(२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वेसँग तीन टी-२० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।
नेपालले चैत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक टी-२० खेलको शृंखला भने नेपालले जितेको थियो । त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ ।
नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो । नेपाल क्रिकेट संघ९क्यान०ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी-२० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो ।
खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । क्यानले शनिबार मात्र ट्वान्टी-२० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती