काठमाडाैँ । हुम्लाका सात वटै गाउँपालिका गठबन्धन गरेर वैशाख ३० को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र होमिएका छन्।
सुुरुमा तीन वटै गठबन्धनबीच समीकरण गर्ने निर्णय भए पनि अन्तिम समयमा आएर दुई दलबीच समीकरण भएको हो।जिल्लाका सातमध्ये चार गाउँपालिका नेकपा माओवादी केन्द्रले पाएको छ भने तीन वटा गाउँपालिका कांग्रेसले पाएको छ। माओवादी केन्द्रले पाएका गाउँपालिकामध्ये नाम्खा गाउँपालिका प्रेम लामालाई अध्यक्षमा भिडाएको छ।यता माओवादी केन्द्रले नै पाएको सिमकोट गाउँपालिका माओवादी केन्द्रीय सदस्य एवं हुम्ला इन्चार्ज विजय भण्डारी अध्यक्ष पदको प्रत्यासी छन्।
त्यसैगरी, चंखेली गाउँपालिकामा माओवादी केन्द्रले कर्णाली प्रदेश सदस्य गोविन्द शाहीलाई अध्यक्ष पदका लागि प्रत्यासी बनाएको छ।माओवादीले पाएको अर्को ताँजाकोट गाउँपालिकामा पार्टीको पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सहसचिव लालकेश जैशी अध्यक्ष पदको चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी, कांग्रेसले खार्पुनाथ गाउँपालिका यसअघिकै गाउँपालिका अध्यक्ष कर्णबहादुर रावललाई पुनः अध्यक्षको उम्मेदवार बनाएको छ भने सर्केगार्ड गाउँपालिका २०७४ सालको प्रदेश सभाका सदस्यका प्रत्यासी ठानबहादुर रोकायालाई अध्यक्षमा भिडाएको छ।
त्यसैगरी, अदानचुली गाउँपालिकामा वर्तमान पार्टी सभापति मोहनविक्रम सिंह अध्यक्ष पदका लागि प्रत्यासी छन्। कांग्रेसबाट अध्यक्ष पदमा भिडाएकामध्ये रावल र सिंह संस्थापन पक्षका उम्मेदवार हुन् भने रोकाया संस्थापनइतर समूहका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १६ : ११
लेखकबाट थप