काठमाडौं । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। शनिबार बिहान २:४० बजेको समयमा माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शङ्कास्पद रूपमा हिँडिरहेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादवको साथबाट नगद फेला पारेको थियो ।
उनीहरूलाई उक्त नगदसहित नियन्त्रणमा लिइएको र घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ