आलमको मुद्दामा सुनुवाइ जारी

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १३ : २२
आलमको मुद्दामा सुनुवाइ जारी

 पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ।

न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे।आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे। यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकाे थिएन।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।

प्रतिक्रिया दिनुहोस