पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ तीन दिने भ्रमणका लागि साउदी अरेबिया पुगेका छन्।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शरिफको यो पहिलो विदेश भ्रमण हो।बिहीबार उनकाे भ्रमणकाे पहिलो दिन थियो। मदिना मुनावरामा पुगेका प्रधानमन्त्रीलाई गभर्नर राजकुमार फैसल बिन सलमान र उनका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
पाकिस्तानी मिडियाले प्रधानमन्त्री सरिफसँगै उनको मन्त्रिपरिषदका धेरै महत्त्वपूर्ण मन्त्री पनि साथमा भएकाे बताएका छन्।भ्रमणको पहिलो दिन प्रधानमन्त्री शरिफले मदिनाका गभर्नर फैसल बिन अब्दुल अजिजसँग साउदी–पाकिस्तान सम्बन्धका विषयमा भेटवार्ता गरेका थिए।
भेटमा दुवै देशका नेताहरूले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।भ्रमणका क्रममा प्रधानमन्त्री शरिफले साउदी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।यी बैठकको मुख्य उद्देश्य अर्थतन्त्र सुदृढीकरण, व्यापार अभिवृद्धि र लगानी–साझेदारी अभिवृद्धि गर्ने बताइएको छ।
यससँगै पाकिस्तानले साउदी अरबमा पाकिस्तानी नागरिकका लागि राम्रो विकल्प बढाउने प्रयासमा पनि जोड दिनेछ। यसका साथै दुई देशबीच अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा पनि छलफल हुन सक्ने बताइएकाे छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ बैशाख २०७९, ११ : १०
लेखकबाट थप