काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।
निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाच आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।
यस्तै, बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश