तरलता व्यवस्थापनको दबाबमा सहकारी बैंक

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १६ : १९
तरलता व्यवस्थापनको दबाबमा सहकारी बैंक

काठमाडौं ।बैंक तथा वित्तीय क्षेत्रमा थप तरलता अभावको समस्या झाँगिदै गएको बेला सोको दबाब यता सहकारी क्षेत्रमा समेत देखिन थालेको छ । कर्जा मागको तुलनामा प्रयाप्त निक्षेपको आउन नसकिरहेका बेला सहकारीहरूमा ब्याजदर वृद्धिको दबाब परेको हो । यसै सन्दर्भमा पछिल्लो पटक राष्ट्रिय सहकारी बैंक (एनसीबीएल) ले एकै महिनामा दोस्रो पटक ब्याजदर वृद्धि गरेको छ । 

बैंकले उहीँ बैशाख १५ गतेदेखि लागू हुने गरी पुनः निक्षेपको ब्याजदर वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको छ । यसअघि यसै महिना बैशाख ४ गते मात्र बैंकले क्रमिक बचतको ब्याजदर ९.७५ प्रतिशतदेखि अधिकतम १०.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो । तर, १० दिन भित्रै पुनः ब्याजदर वृद्धि गरेको बैंकले यस्तो ब्याजदर थप १ प्रतिशतले वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको हो । 

यस्तै अन्य साधारण बचतमा समेत बैंकले सोही दरमा ब्याजदर वृद्धि गरेको छ । यता समग्र सहकारी क्षेत्रको सन्दर्भ ब्याजदर भने १६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर वृद्धि भएसँगै सोको दबाबमा परेका सहकारीकर्मीहरुले यसअघिको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर वृद्धि गरेर १६ प्रतिशत पुर्याएका हुन् । 

प्रतिक्रिया दिनुहोस