पूँजी बृद्धिको योजना पेश गरेपछि निर्जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १५ : १८
पूँजी बृद्धिको योजना पेश गरेपछि निर्जीवन बीमाका सीईओ र अध्यक्षलाई बोलायो बीमा समितिले

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएको छ । बिहीबार साढे ३ बजे एक होटलमा पूँजी बृद्धि सम्वन्धि छलफल गर्नका लागि बोलाएको बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सञ्चालक समिति अध्यक्ष र संस्थापक शेयरधनीहरुलाई छलफलका लागि बोलाएको हो ।बीमा समितिले बीमा कम्पनीको पूँजी बृद्धिका लागि योजना पेश गर्न निर्देशन दिएको थियो । बीमा समितिले गत चैत १० गते पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो ।

एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको योजना पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही बमोजिम बीमा कम्पनीहरुले योजना पनि पेश गरेका छन् ।

बिहीबार बीमा समितिले भने निर्जीवन बीमा कम्पनीका सञ्चालक तथा सीईओहरुलाई मात्रै छलफलका लागि बोलाएको हो । बीमा समितिले पूँजी बृद्धिको योजना पेश गरेको सम्वन्धि छलफलका लागि सीईओ, अध्यक्ष र संस्थापकबाट एक जना प्रतिनिधि मात्रै छलफलका लागि बोलाएको एक सीईओ जनाए । आफूहरुले पूँजी बृद्धि गर्नका लागि समय थप गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस