काठमाडौं । पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।यससँगै बैंकको शाखा १४८ तथा एटीएम सेवा १८७ पुगेको छ । विक्रम संवत् २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पुर्याउने लक्ष्य राखेको छ ।चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रूपमा बिहीवार आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरेका छन् ।
समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घरदैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए ।
उनले भने, ‘विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १५ : १४
लेखकबाट थप