काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा सङ्गठनको नेतृत्व परिवर्तन हुन लागेको हो । सरकारले सुरक्षा सङ्गठनको नेतृत्व परिवर्तनका लागि आवश्यक गृहकार्य थालिसकेको गृह मन्त्रालयले जनाएको छ । चार दिनपछि प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व आउने छ । २०७९ सालमा प्रहरी सङ्गठनले तीन जना प्रहरी महानिरीक्षक पाउने भएको छ ।
वर्तमान महानिरीक्षक थापाक्षेत्रीको अवकाशपछि नियुक्त हुने महानिरीक्षकको सेवा अवधि पनि ३० वर्षे सेवा अवधिका कारण करिब ११ महिनाको हुनेछ । यही वर्षको चैतमा पुनः अर्को महानिरीक्षक नियुक्त हुने देखिन्छ । त्यस्तै तत्कालीन सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे कार्यकाल पूरा गरी चैत २८ गते अवकाश पाएपछि सरकारले ज्येष्ठता र वरिष्ठताका आधारमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट पुष्पराम केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल १९ दिन रहेको छ ।
महानिरीक्षक केसीको अवकाशपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल महानिरीक्षक बन्ने सम्भावना बलियो छ । उहाँ आफ्ना समकक्षीलाई पछि पार्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भइसकेका छन् ।
नेपाल प्रहरीमा ज्येष्ठता र वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल पहिलो नम्बरमा र सहकुल थापा दोस्रोमा छन् । धिरजप्रताप सिंह र रविन्द्र धानुक दुई हप्ता अगाडि मात्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका हुन् । उनीहरू चारै जनालाई प्रहरी महानिरीक्षकको दाबेदार हुन् । उनीहरू प्रहरी निरीक्षक पदबाट एकै पटक प्रहरी सङ्गठनमा प्रवेश गरेका हुन् ।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ ले एआईजी वा एआईजी नभएको अवस्थामा डीआइजीहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्नसक्ने तथा आफूभन्दामुनिका प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षक नियुक्त गर्नसक्ने व्यवस्था छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ बैशाख २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु