काठमाडौं । बुधबार सेयर बजार ५.१७ अंकले उकालो लागेको छ। नेप्से परिसूचक २३७६.१७ को विन्दुमा उक्लिएसँगै बजारमा झिनो अंकले बृद्धि भएको हो। बुधबार एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।विकास बैंक समूह सर्वाधिक १.८२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.१९ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.५२ प्रतिशत, वित्त समूहमा ०.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४ प्रतिशत, अन्य समूहमा ०.६२ प्रतिशत, जीवन बीमा समूह ०.२४ अंक र लगानी समूह ०.३८ प्रतिशतले उकालो लागेको छ।
म्युचुअल फन्ड समूह सर्वाधिक ०.६५ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.२५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१८ प्रतिशत र लघुवित्त समूहमा ०.०७ प्रतिशतको गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १६ : ५८
लेखकबाट थप