रुपन्देही । रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ। बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जानकारी दिए । लुटेरा समूहले पसलमा तोडफोड गर्नका लागि वल्डिङ्ग मेसिन प्रयोग गरेको भेटिएको छ।
घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको पसलका सञ्चालक डिलबहादुर सुनारले बताए । चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ। घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको पौडेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ बैशाख २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी