चितवन । चितवनमा दुई महिनामै १८ वटा चोरीका घटना भएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले पछिल्लो दुई महिनामा भएको चोरीको घटनामा भएको प्रगति सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसा वैशाख यता चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा हालसम्म ३० जना पक्राउ परेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा २५ जना पुरुष र ५ जना महिला छन् । प्रहरीले आज पछिल्लोपटक पक्राउ परेका ५ जनालाई समेत सार्वजनिक गरेको छ ।
यस्तै बरामद गरिएका मोबाइल फोन पनि सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको छ । हालसम्म मोबाइल हराएको ३६ निवेदन परेकोमा २६ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो । चितवनमा पछिल्लो समय स्कुटर, साइकल, मोबाइल, नगद, ल्यापटप, क्यामेरा, सुनलगायतका वस्तु चोरी भएका थिए । चोरी गर्नेहरु धेरैजसो चितवनमै बसोबास गरेका छन् भने केही मात्रै बाहिरी जिल्लामा बसोबास गरी यहाँ चोरीको घटनामा संलग्न भएका छन् ।
प्रहरीका अनुसार चितवनमा शनिबार बाहेकका दिनमा धेरै चोरी हुने गरेको छ । उनीहरुले विहान ६ देखि अपरान्ह ६ बजेको भित्रमा धेरै चोरी गर्ने गरेको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनका गहना चोरी गर्ने पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा