चितवन । चितवनमा दुई महिनामै १८ वटा चोरीका घटना भएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले पछिल्लो दुई महिनामा भएको चोरीको घटनामा भएको प्रगति सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसा वैशाख यता चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा हालसम्म ३० जना पक्राउ परेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा २५ जना पुरुष र ५ जना महिला छन् । प्रहरीले आज पछिल्लोपटक पक्राउ परेका ५ जनालाई समेत सार्वजनिक गरेको छ ।
यस्तै बरामद गरिएका मोबाइल फोन पनि सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको छ । हालसम्म मोबाइल हराएको ३६ निवेदन परेकोमा २६ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो । चितवनमा पछिल्लो समय स्कुटर, साइकल, मोबाइल, नगद, ल्यापटप, क्यामेरा, सुनलगायतका वस्तु चोरी भएका थिए । चोरी गर्नेहरु धेरैजसो चितवनमै बसोबास गरेका छन् भने केही मात्रै बाहिरी जिल्लामा बसोबास गरी यहाँ चोरीको घटनामा संलग्न भएका छन् ।
प्रहरीका अनुसार चितवनमा शनिबार बाहेकका दिनमा धेरै चोरी हुने गरेको छ । उनीहरुले विहान ६ देखि अपरान्ह ६ बजेको भित्रमा धेरै चोरी गर्ने गरेको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी