काठमाडौं । नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित एक घरमा कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फोर्न प्रयोग हुने विभिन्न सामान र चोरीका मालसामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी, सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ ।
यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए ।
पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर