काठमाडौं । हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।
यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै गण्डकी प्रदेशको पहाडी भ९भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना