काठमाडौं । फ्रान्सकाे राष्ट्रपति पदमा इमानुएल म्याक्रोँ पुनः निर्वाचित भएपछि राजधानी पेरिसमा विरोध प्रदर्शन भएको छ ।
हजारौंको संख्यामा उपस्थित असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग समेत गरेको छ । मध्य पेरिसमा प्रदर्शनकारीमाथि दंगा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ । म्याक्रोंले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए ।
राष्ट्रपति म्याक्रोँको विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । यद्यपी कतिपय भने पछिल्लो निर्वाचित परिणामबाट आक्रोशित बनेका छन् । राष्ट्रपति म्याक्रोँले सहज मतान्तरले जिते पनि दुवै उम्मेदवारप्रति मतदाताको तीब्र असन्तुष्टि थियो ।
दुवै उम्मेदवारप्रति असन्तुट जनाउदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भईरहदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्व विद्यालयबाहिर प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ बैशाख २०७९, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमाथि सहज जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक