युरोपेली संघले प्रेस स्वतन्त्रताको उडायो मजाक

एजेन्सी

सोमबार, १२ बैशाख २०७९, ११ : ४८
युरोपेली संघले प्रेस स्वतन्त्रताको उडायो मजाक

युरोपेली संघ (ईयू) ले एक विधेयक पारित गरी गूगल, मेटा, अमेजन र याप्पल जस्ता कम्पनीहरूलाई ईयूको आधिकारिक सूचना एजेन्डासँग मेल नखाने सामग्री हटाउन बाध्य बनाउने बेलायती पत्रिका द डेली टेलिग्राफले खबर दिएको छ । 

यी शर्तहरू पालन नगरेमा ती कम्पनीहरूले अर्बौं डलरको जरिवाना तिर्नुपर्नेछ । आफ्नो विश्वव्यापी कमाइको ४ प्रतिशत उनीहरूले जरिवाना बुझाउनुपर्ने नियम ल्याइएको छ । युक्रेन–रुस द्वन्द्वमा ईयूले लिएको अडान विपरीतका सामग्रीलाई सेन्सर गर्नका लागि ईयूले यो नियम ल्याएको हो । यी प्रविधि कम्पनीहरूको सामग्रीमा कडा सेन्सर अहिले नै लगाइएको छ । ईयूको घोषणाले त्यसलाई आधिकारिकता दिएको देखिन्छ । 

सबैखाले विचारलाई स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउने अधिकारलाई ईयूले मजाकमा उडाएको प्रेस स्वतन्त्रताका पक्षधरहरूले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस