चीनको सांघाइमा कोरोनाबाट आइतबार एकैदिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ ।
आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोरोनाको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । काेराेनाबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।सरकारले कोरोनाबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्ध रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ बैशाख २०७९, १० : २४
लेखकबाट थप