काँग्रेस बैठकमा अर्जुननरसिंह केसीले राखे ५ बुँदे फरक मत

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १६ : ३०
काँग्रेस बैठकमा अर्जुननरसिंह केसीले राखे ५ बुँदे फरक मत

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् । 

उनले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको लगायतका विषय समेटेर उनले फरक मत राखेका हुन् ।