चितवन । चितवनमा ठूला राजनीतिक दलले भोलि मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । आज साना तथा स्वतन्त्र दलहरुले मनोनयन गरेका हुन् । भरतपुर महानगरमा २ जना स्वतन्त्रसहित ६ भन्दाबढी दलहरुले अहिले सम्म मेयर र उपमेयरमा मनोनयन गरिसकेका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साना दलहरुले भरतपुर महानगरको मेयर र उपमेयर तथा वडा अध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् । विप्लव नेत्तृत्वको नेकपाले पनि भरतपुर महानगरसहित रत्ननगरमा पनि मेयरको उम्मेदवारी दिने तयारी गरेको छ । विप्लव नेत्तृत्वको नेकपाले पनि भोलि मनोनयन दर्ता गर्ने जनाएको छ ।
भरतपुर महानगरमा भोलि १ बजे अगाडि नेकपा एमाले र राप्रपाको गठबन्धन र १ बजेपछि काग्रेस र माओवादी केन्द्रको गठबन्धनले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको माननिय न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, ११ बैशाख २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी