चितवन । चितवनमा ठूला राजनीतिक दलले भोलि मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । आज साना तथा स्वतन्त्र दलहरुले मनोनयन गरेका हुन् । भरतपुर महानगरमा २ जना स्वतन्त्रसहित ६ भन्दाबढी दलहरुले अहिले सम्म मेयर र उपमेयरमा मनोनयन गरिसकेका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साना दलहरुले भरतपुर महानगरको मेयर र उपमेयर तथा वडा अध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् । विप्लव नेत्तृत्वको नेकपाले पनि भरतपुर महानगरसहित रत्ननगरमा पनि मेयरको उम्मेदवारी दिने तयारी गरेको छ । विप्लव नेत्तृत्वको नेकपाले पनि भोलि मनोनयन दर्ता गर्ने जनाएको छ ।
भरतपुर महानगरमा भोलि १ बजे अगाडि नेकपा एमाले र राप्रपाको गठबन्धन र १ बजेपछि काग्रेस र माओवादी केन्द्रको गठबन्धनले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको माननिय न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, ११ बैशाख २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी