महासचिव गुटेरेस र प्रधानमन्त्री बेनेटबीच टेलिफाेन वार्ता

एजेन्सी

आइतबार, ११ बैशाख २०७९, १२ : ५२
महासचिव गुटेरेस र प्रधानमन्त्री बेनेटबीच टेलिफाेन वार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग टेलिफोन वार्ता गरेका छन्।शनिबार भएकाे टेलिफाेन वार्तामा गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल गरेकाे विदेशी सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री बेनेटले इजरायलमा भएको रकेट प्रहारको विषयमा संयुक्त राष्ट्रसंघले निन्दा नगरेकोमा असन्तोष व्यक्त गरे।जेरुसेलमको टेम्पल माउन्टमा विगत केही दिनदेखि प्यालेस्टिनी र इजरायली प्रहरीबीच झडप बढेको छ । सो झडपमा दुवै पक्षलाई चोटपटक लागेको बताइएको छ।शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनाएअनुसार संयुक्त राष्ट्रसंघले एन्टोनियो गुटेरेसको आगामी मस्को भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग हुने भेटवार्ता बारे पुष्टि गरेको छ।

क्रेमलिनले पनि राष्ट्रसंघका महासचिवको भ्रमणको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस