काठमाडौं । कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ ।
बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ ।
पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको हो । यहाँका चार मध्ये मादी गाउँपालिकाको प्रमुख माओवादीले मागेको छ । तर कांग्रेस नेताहरूले भने कुनै पनि पालिकाको अध्यक्ष दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
मादीमा माओवादीको अडान नहटेका कारण कांग्रेसले माओवादीलाई नै गठबन्धनबाट हटाउन खोजेको छ । मादी कांग्रेसले विज्ञप्ति निकालेर माओवादीसँग गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।
सभापति यामबहादुर गुरुङले प्रतिस्पर्धाको तयारी गर्न अपिल गरेका छन् ।
गठबन्धनका लागि माओवादीसहित दलहरूको छलफल निष्कर्षमा पुग्न कठिन भएको भन्दै उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा