बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी

शनिबार, १० बैशाख २०७९, १३ : १७
बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

बोस्निया । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ । 

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । समाचार संस्था एएफपीका अनुसार भूकम्पको धक्का भूकम्पको केन्द्रविन्दुबाट ४ सय किलोमिटर टाढा बेलग्रेड, जाग्रेब र स्कोप्जेसम्म महशुस गरिएको थियो ।

 भूकम्पको धक्का अल्बानिया र दक्षिणी इटालीमा पनि महशुस भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस