सत्तारुढ गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १० : ४९
सत्तारुढ गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

काठमाडौँ । सत्तारुढ गठबन्धनले काठमाडौंको महानगरको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले पाउने भएपछि सिंहलाई उम्मेदवार बनाउने भएको हो ।

 उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो ।

बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।‘काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भयो भएको र  बाँकी महानगरपालिकाको हकमा सहमति हुन सकेको नसकेकोले आज फेरी बैठक बोलाईएको ति नेताले बताए । 

उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले विहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक राखेका छन् ।

प्रतिक्रिया दिनुहोस