सांघाइमा तीव्र भयो कोरोना संक्रमण

एजेन्सी

शुक्रबार, ०९ बैशाख २०७९, १४ : ०४
सांघाइमा तीव्र भयो कोरोना संक्रमण

चीनको वित्तीय राजधानीको रुपमा परिचित सांघाईमा कोरोना भाइरस संक्रमणको दर तीब्र बनेको छ। संक्रमितको संख्या अधिक भएका कारण अहिले सांघाईमा लकडाउन गर्न र अन्य कदम चाल्ने तयारी भइरहेको छ।

संघाईमा अहिले कोरोना संक्रमितको घर अगाडि विद्युतीय घन्टी राखिएको छ भने अन्य मानिसको घरलाई डिस्इनफेक्ट पनि गरिएको छ। सर्वसाधारण नागरिकलाई घर भन्दा बाहिर ननिस्किन पनि आदेश दिइएको छ।सांघाईमा लकडाउन लागू गरिएको एक साता भइसकेको छ। सांघाईका अधिकारीहरुले संक्रमित र उनीहरुको संपर्कमा आएका नागरिकलाई सरकारी क्वार्टरमा राखिएको जानकारी दिएका छन्। संक्रमितहरुलाई घरबाट अस्थायी रुपमा निकालिएको बिबिसीले जनाएको छ।

सांघाईमा अहिलेसम्म ४ लाखभन्दा धेरै मानिस कोरोना भाइरस संक्रमित भेटिएका छन् भने ३६ जनाको कोरोना भाइरस संक्रमणकै कारण निधन भइसकेको छ। मृत्यु हुनेमा वृद्धको बाहुल्य धेरै रहेको जनाइएको छ र उनीहरुले कोरोना भाइरसको विरुद्धको खोप लगाएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस