काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढ्यो । बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ ।
बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । बिहीबार कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भयो । यसबाट ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम भने बिहीबार समेत सुधार हुन सकेन । बिहीबार १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.,७० रुपैयाँ पुगेको छ । ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य समेत १० प्रतिशतले बढेर ३६०.८० रुपैयाँ पुगेको छ ।
समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक