काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ भोली शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।
एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।
ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिनुभएको छ । सबैभन्दा बढी काठमाडांैमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।
जसमा सबैभन्दा बढी ३६ हजार विद्यार्थीले परीक्षा दिनेछन् । त्यसै गरी ३ सय ३४ विद्यालय रहेको ललितपुरमा ३४ केन्द्र कायम गरिएको छ । ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी छन् । भक्तपुरमा १ सय ९५ विद्यालयको २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एक साता पहिले नै प्रश्नपत्र पु¥याइएको पनिकाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ बैशाख २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै