स्थानीय तह निर्वाचन

गठबन्धन बैठक : ६ महानगर र ११ उपमहानगरको भागबन्डा (सहमति पत्रसहित)

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १६ : ५८
गठबन्धन बैठक : ६ महानगर र ११ उपमहानगरको भागबन्डा (सहमति पत्रसहित)

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ । सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

कांग्रेसको भागमा भरतपुर,ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान,इटहरी,कलैया,बुटवल,तुलसीपुर,नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले बिरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ । यो सहमतिमा शीर्ष बैठकपछि हस्ताक्षर हुने र देशभरका सबै पालिकामा तालमेल गर्ने सहमति भएको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस