लन्डन । ‘लाज नभएको मान्छे’ भनेका छन् बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उनलाई । कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ ।
पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्जालमा भाइरल भएपछि बेलायती सञ्चार माध्यमहरूले सो काण्डलाई ‘पार्टीगेट’ भनेका थिए ।प्रधानमन्त्रीले कोभिड १९– निर्देशिका उल्लंघन गरेको महानगरीय प्रहरीले जनाएको छ । उनी कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि हुन् । सोही काण्डलाई लिएर प्रधानमन्त्रीले क्षमायाचना गरेका छन् ।
विपक्षी लेबर पार्टीका नेता कियर स्टाररले प्रधानमन्त्रीको माफीलाई ठट्टा बताउँदै बेलायती जनताले उनको विश्वास नगर्ने बताएका छन् । ‘राजनीतिमा हुनुपर्छ । देशको बदनामी बन्द गर्नुपर्छ’, उनले भने । प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन पनि उनले अनुरोध गरेका छन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ बैशाख २०७९, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ