एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। साथै घटनामा थप ११ प्रदर्शनकारीसहित २१ जना घाइते भएका छन्। यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ। उनीहरु सबैलाई केगाले अस्पतालमा भर्ना गरिएको छ।
केगाले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन्। घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए।गोलीबारीको यो घटना श्रीलंकाको पश्चिमी मध्य भागको रामबुकाना शहरमा मंगलबार भएको हो।
प्रहरी प्रवक्ता निहाल तल्दुवाले १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको बताए। अर्को सूचना नभएसम्मका लागि रामबुकानामा कर्फ्यू लगाइएको पनि उनले जानकारी दिए।
मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा प्रदर्शन भएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ बैशाख २०७९, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस
श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै
श्रीलंकामा पदयात्राका क्रममा अलपत्र परेका १८० विद्यार्थीको उद्धार
अदालतले पुनःस्थापना गर्यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड
विश्वकप क्रिकेट : श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य
श्रीलंकाले निजी विश्वविद्यालयमा पढ्न निर्ब्याजी ऋण दिने